रोल्पा– यहाँ बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन्। मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नम्बर १ बस्ने २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ। एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ। गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
रासस
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर