
बाजुरा– दिगो गर्भपतन आकल इकोसिस्टम सम्बन्धि १ दिने कार्यशाला गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । अनिच्छित गर्भ र गर्भपतनको स्थितिका बारेमा गोष्ठीमा छलफल गरेको थियो ।
निशुल्क तथा सर्वशुलभ गर्भपतन सेवाको विस्तार गर्नका साथै सरकारी स्वास्थ्य संस्थाहरुबाट निशुल्क गर्भपतन सेवा उपलब्ध गराउने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने गोष्ठीमा सहभागीहरुले बताएका छन् ।
पीसविन नेपालको आयोजना र आइपास नेपालको आर्थिक सहयोगमा सो गोष्ठी संचालन गरिएको हो । गर्भको कारणले भईरहेको गर्भपतनको दरमा कमी ल्याउन उच्च गुणस्तरिय परिवार नियोजन सेवाका साथै परामर्श सेवामा पहुँच अभिवृद्धि गर्ने र पर्याप्त साधनहरुको उपलब्धताको सूनिश्चिता कसरी गर्ने भन्ने विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।
लुकिछिपि रुपमा हुने असुरक्षित तथा गैरकानुनी व्यक्ति वा स्थानबाट हुने गर्भपतन न्यूनिकरणका लागि गर्भपतन सम्बन्धी कानुनी व्यवस्था तथा सुरक्षित गर्भपतन सेवाको बारेमा व्यापक सूचना तथा सन्देशहरु संप्रेषण गर्नु पर्ने बताईएको छ ।
सुरक्षित तथा कानुनी गर्भपतन सेवा विशेष गरि ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा पुग्ने गरी कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो । गोष्ठीमा स्वास्थ्यकर्मी, स्वयंमसेविका, सामाजिक सहजकर्ता, संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर