• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

मोडल झरनाले मायामा धोका खाएकी हुन् र ?

खप्तड मालिका न्युज November 18, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– झर्ना बोहरा पछिल्लो समय चर्चामा रहेकी मोडल हुन्। उनले अहिलेसम्म २५० भन्दा बढी भिडिओमा अभिनय गरिसकेकी छिन्। कुनै औपचारिक मोडलिङ शिक्षा नलिएकी उनी डान्स कलास समेत भर्ना भइनन्। तर पनि उनले सुदूरपश्चिमका विभिन्न भाकामा मनै लोभ्याउने नृत्य गरेको देख्न पाइन्छ। उनी अछामी लवजमा टिकटक बनाउने गर्छिन्, जसले उनलाई भाइरल समेत बनाएको छ।

टिकटकले अभिनयको करियरमा कस्तो सहयोग गरेको छ रु भन्ने प्रश्नमा उनी भन्छिन्, ‘टिकटकमा भाइरल हुनुभन्दा पहिला नै अभिनयमा प्रवेश गरेकोले टिकटकबाट नै म अभिनय क्षेत्रमा प्रवेश गरेको चाहिँ होइन। तर पूवतिरको मान्छेहरुले पनि मेरो टिकटक रुचाउँछन्। त्यसले अभिनय क्षेत्रलाई पनि सहज नै गर्छ।’

उनको अभिनयको यात्रामा परिवारको पनि राम्रो साथ रहेको छ। उनले पहिलो भिडिओ परिवारकै सहयोगमा खेलेकी थिइन्। यहीँ प्रसंगमा उनी भन्छिन्, ‘मेरो पहिलो म्यूजिक भिडिओ तीजको गीतमा थियो। जुन मैले परिवारकै सपोर्टमा खेलेकी थिए।’ उनको सपना भने म्यूजिक भिडिओहरुमा अभिनय गर्ने, देउडा गीतहरुमा अभिनय गर्ने कहिलै थिएन। तर यहाँसम्म कसरी पुगिन् उनी आफैलाई पनि घट्नाक्रम थाहा छैन। उनी गाउँमा हुने देउसीभैली, स्कुलमा हुने संस्कृतिक कार्यक्रमहरुमा अभिरुचिको कारण भाग लिने गर्थिन्। सायद यहीँ अभिरुचिले उनलाई आज एउटा सफल मोडल बनाएको छ।

टिकटकमा पनि उनलाई २ लाख ४ हजार भन्दा बढीले पछ्याएका छन्। उनका भिडिओहरु ६९ लाखभन्दा बढीपटक मन पराइएका छन्। उनको अकाउन्ट्मा उनको स्वरमा अछामी लवजका केही भिडिओ बनाएका देख्न पाइन्छन्। भने, केही अभिनय गरेर बनाइएका भिडियो छन्। अछामी लवजमा भिडिओ बनाउने सोचाइ कसरी निर्माण भयो भन्नेमा प्रश्नमा उनी भन्छिन्, ‘हिन्दी डाइलग जुन नेपालीमा पनि अनुवाद थियो त्यसलाई नै मैले अछामी लवजमा ढाले। त्यो भिडिओ खुबै भाइरल भयो। लगभग २० लाखभन्दा बढीले त्यो भिडिओ हेर्नुभयो। त्यसपछि भने थप भिडियो बनाउन थाले।’

उनका केही टिकटक प्रेमिल भाव झल्काउने किसिमका छन्। उनका कमेन्ट बक्समा प्राय धोका खानुभएको त होइन कि रु भन्ने भावका प्रतिक्रिया हुन्छन्। यसलाई नै आधार मानेर उनलाई कतै तपाईं टुट्नु भएको त छैन् नि रु भनेर प्रश्न गर्दा उनले आफ्नो टिकटकमा पनि यस्ता प्रश्न सामना गर्नुपरिरहेको सम्झिँदै भनिन्, ‘छैन् त्यस्तो ब्रेकअप भन्ने त छैन। अभिनय गर्दा यस्तो देखिएको हुन सक्छ।’ प्रेम सम्बन्धको विषयमा प्रश्न गर्दा भने उनले खुल्न चाहिनन्। भनिन् ‘सबै कुरा नखुलाउ होला।’

अभिनयको क्षेत्रमा उनी अभिरुचिको कारणले लागिरहेको बताउछिन। आउँदै गरेका र अभिनयकै क्षेत्रमा भविष्य बनाउन खोज्नेलाई उनी भन्छिन्, ‘सम्भावना राम्रो भए पनि पैसाको लागि भनेर यो क्षेत्र त्यति राम्रो छैन। पैसा कमाउनु प्राथमिकता हो भने अरु क्षेत्र नै राम्रो होलान् तर यो क्षेत्र त्यति सहज छैन।’ दिनेश खबरबाट

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑