धनगढी– धनगढी उपमहानगरपालिकासहित कैलालीका चार स्थानीय तहमा काँग्रेसको अधिवेशन स्थगित भएको छ। नेत्रविक्रम चन्द विलव नेतृत्वको नेकपाले गरेको एकदिने बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदा चार पालिकामा अधिवेशन स्थगित भएको हो।
नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह ’मनु’ले धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको जानकारी दिए। ‘ बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थिति हुन नसक्ने अवस्था देखियो,’ शाहले भने, ‘गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुरमा भने आजै अधिवेशन भइरहेको छ।’
उनले चार नगरमा भोलि बिहान ८ बजेदेखि नगर अधिवेशन हुने बताए। पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ। यो समाचार आजको दिनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर