
काठमाडौं, महाधिवेशन तयारीबारे छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।
शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ। ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ।
महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिकांश भातृ संस्थाको लामो समयदेखि अधिवेशन नभएकोले प्रतिनिधित्व गर्न नहुने बताइरहेको छ। साथै बाँकी रहेका अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको छ।
बाँकी रहेका गाउँरनगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते हुने कार्यतालिका छ।
कांग्रेसले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशन गरिसकेको छ। अरू हिमाली जिल्लामा पनि मंसिर ६ भित्र जिल्ला अधिवेशन भइसक्ने कांग्रेसले जनाएको छ। यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिनेछ।
समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछन्। गठबन्धनले बनाएको राजनीतिक समिति, न्यायालयलगायतबारे पनि छलफल हुन सक्ने बताइएको छ। यो समाचार आजको सेतोपाटीमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर