काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको छ ।
निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो । समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।
‘डडेल्धुराको हकमा निर्वाचन समिति एक मत छ, समितिमा उजुरीहरू परेका छन् । हामीले त्यसमा छलफल गरेर टुंगो लगाइसकेका छौं,’ समिति सदस्य तेजबहादुर रावलले भने, ‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन । बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छ ।’
डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षको छ । सभापति मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन छ ।
आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन् । तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो ।
पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो । निर्वाचन समितिको निर्णयविरुद्ध जिल्ला सभापति मल्ल पक्ष आन्दोलनमा छ ।
समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ । १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।
अनलाईनखबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर