काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्। बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।
आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सु प मा लागु नहुने किन यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि .
उनले आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलले चेतावनी दिएका छन्। उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन्।
उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोशसमेत पोखेका छन्।
‘आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु।प।मा लागू नहुने किनरु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो किरु’ सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर