
काठमाडौं :- कांग्रेस नेता सुजाता कोइरालाले गृह जिल्ला मोरङमा आएर पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।विराटनगरमा पत्रकारसँगको कुराकानीमा कोइरालाले कांग्रेस इतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएकी हुन् ।
पार्टीको १४ औं महाधिवेशनमा धेरै उम्मेदवार हुने भएकोले महिला उम्मेदवार पनि हुनुपर्ने मान्यता अनुसार पनि उम्मेदवारी घोषणा गरेको बताइन् ।
‘गिरिजाप्रसाद कोइरालाले पनि महत्त्वपूर्ण विषय गृह जिल्ला मोरङमा आएर बोल्ने गरेकोले आफूले पनि त्यही अनुसार गृह जिल्लामा आएर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छु,’ कोइरालाले भनिन्, ‘गिरिजाप्रसाद कोइरालाको बीपी कोइरालाको विचारलाई संस्थागत गर्ने अधुरो काम सभापति बनेर पूरा गर्छौं ।’
कोइराला परिवारका महामन्त्री शशांक कोइराला, शेखर कोइरालालगायत तीनै जनाले उम्म्मेदवारी दिनेबारे सञ्चारकर्मीको प्रश्नमा उनले आफू एक जना मात्रै महिला उम्मेदवार हुने भएकोले दुवै जनाले समर्थन गर्ने विश्वास व्यक्त गरिन् ।
कोइरालाले सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सरकार मिलेर समाधान गर्नुपर्ने बताइन् । ‘पछिल्लो समय देशका सबै संवैधानिक निकाय, सेना, प्रहरी संगठनलाई विवादित बनाइरहेको छ,’ उनले भनिन्, ‘यो राम्रो संकेत होइन त्यसैले न्यायालयलगायत सबै संवैधानिक अंगहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ ।’
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर