काठमाडौँ :- आसन्न आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितालाई बुधबार नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ ।यूएईमा मंसिर ४ देखि १० सम्म हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगत टमाटाले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरे । चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ ।
दसैं सकिएलगत्तै त्रिवि मैदानमा २४ खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका थिए । त्यसमध्येबाट १४ खेलाडी टिममा राखिएको हो । नेपाली टोलीले केही समय विदेशमा बन्द प्रशिक्षण गर्ने योजना बनाइरहेको छ ।
प्रशिक्षक टमाटाले विदेश प्रशिक्षण अहिलेसम्म निश्चित भइनसकेको बताए । नेपाल क्रिकेट संघ (क्यान) ले कतार र बंगलदेशमा प्रशिक्षण क्याम्प सञ्चालन गर्ने तयारी गरेको थियो । प्रतियोगितामा नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चीनले प्रतियोगितामा सहभागिता नजनाएका कारण यो प्रतियोगितामा नेपाल उपाधिको दाबेदार देखिएको छ । अघिल्लो विश्वकप छनोटमा नेपाल निर्णायक खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
नेपाली टोली स् रुबिना क्षेत्री ९कप्तान०, डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।
वैकल्पिक खेलाडीमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी छन् । टोली प्रशिक्षकमा जगत टमाटा र म्यानेजरमा जयन्ती भट्ट छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर