• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

धनगढी विमानस्थलको स्तरोन्नती ४ वर्षभित्रै ४ अर्बमा हुन्छः मन्त्री आले

खप्तड मालिका न्युज October 28, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्न रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको २० वर्षे गुरुयोजनाले १२ अर्ब १४ करोड लगानी आवश्यक पर्ने देखाएको देखाएको थियो। स्थानीयको २२७ विघा जमिन अधिग्रहण गरेर विमानस्थल बिस्तार गरिने भन्दै गुरुयोजना सार्वजनिक गरिएको थियो। गुरुयोजना अनुसार तत्काल काम अघि बढाइने भन्दै २०७६ माघ २५ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको टोली धनगढी आइपुगेको थियो। तर गुरुयोजना सार्वजनिक बाहेक अहिलेसम्म कुनै काम हुन सकेन।

विमानस्थलको अध्ययन र निरीक्षण गर्न भन्दै बुधबार पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेसहित प्राधिकरणको टोली धनगढी पुगेर निजी क्षेत्रसँग त्यसैगरी छलफल गरेको छ। यसअघि तयार पारिएको २० वर्षे गुरुयोजनालाई थप अध्ययन र फिल्ड अवलोकनका लागि पर्यटन मन्त्रीसहितको टोलीले निजी क्षेत्रसहित सरोकारवालासँग छलफल गरेको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। ‘विमानस्थल स्तरोन्नतीलाई जतिसक्दो छिटो कार्यान्वयन गर्न मन्त्रीसहितको टोलीले छलफल चलाएको हो’ उनले भने।

पहिले धनगढी विमानस्थलको उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना सार्वजनिक गरिएको थियो। ती स्थानहरुमा स्थानीयले पक्की भौतिक संरचना बनाउन समेत छोडेका छन्। तर गुरुयोजना अनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन।
अहिले मन्त्रीसहित प्राधिकरणको टोली अहिले पुनः विमानस्थल स्तरोन्नतीको प्रक्रिया अघि बढाउन भन्दै थप अध्ययन र निरीक्षणका लागि धनगढी आइपुगेको छ। छलफलका क्रममा विमानस्थल स्तरोन्नती गर्न करिब १५ अर्ब लगानी आवश्यक पर्ने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए।

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड लगानी आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। पहिलो, दोस्रो र तेस्रो चरणमा गरी २० वर्षे गुरुयोजना तयार पारिएको थियो।

तर पर्यटनमन्त्री प्रेम आलेले भने प्रदेश सरकारको २० प्रतिशत लगानीसहित ४ अर्बमै ४ वर्षभित्र विमानस्थल स्तरोन्नती गर्न सकिने दाबी गरेका छन्। छलफलका क्रममा उनले भने, ‘१२ अर्ब होइन हामी ४र५ अर्बमै ४ वर्षभित्र निर्माणको काम सम्पन्न गरेर देखाउँछौँ। म झुटो बोल्दैन, जे बोल्छु त्यो गरेर देखाउँछु।’ मुआब्जा यसै वर्षदेखि दिन सुरु गरिने उनले बताए।

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। तर मन्त्री, नेता तथा सम्बन्धित अधिकारीहरुले सपना मात्र देखाउने अवस्थाका कारण विमानस्थल स्तरोन्नतीको कामले भने अझै पूर्णता पाउन सकेको छैन।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑