• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेसको बैठकमा चोलेन्द्रको चर्चा, देउवाले गरे बचाउ

खप्तड मालिका न्युज October 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सत्तासीन नेपाली काँग्रेसको शीर्ष तहमा प्रधानन्यायाधीश चोलेन्द्र जबराका सन्दर्भमा छलफल भएको छ । मंगलबार अपरान्ह काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीश जबराबारे सामान्य छलफल भएको हो ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानन्यायाधीशबारे पार्टीको धारणा के हो भनेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सोधेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवा प्रधानन्यायाधीशकै पक्षमा देखिएका छन् ।
‘उहाँ प्रधानन्यायाधीशले राजीनामा दिन्नँ भन्नुभएको छ । हामी प्रधानन्यायाधीशमाथि महाभियोगको पक्षमा छैनौं । नेपाली काँग्रेस यो बाटोमा जाँदैन,’ एक नेताले देउवाको भनाइ उद्यृत गर्दै रातोपाटीलाई भने ।

यस्तै वरिष्ठ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानन्यायाधीशबारे सभापति देउवाकै लाइनमा देखिएका छन् । न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने पौडेलको भनाइ छ । न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा काँग्रेस प्रवेश नगर्ने पौडेलले बताए ।
‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ उनले भने ।
यता काँग्रेसमा शीर्ष नेताहरु उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह शेखर कोइराला भने राजीनामा नदिए प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने पक्षमा छन् ।
जबराको नेतृत्वमा न्यायपालिका कार्य सम्पादन गर्ने अवस्थामा नरहेको कोइरालाको भनाइ छ । अब उहाँ ९चोलेन्द्र जबरा० नै प्रधानन्यायाधीश भएर कार्य सम्पादन गर्ने अवस्था छैन, त्यसैले उहाँको राजीनामाको विकल्प छैन,’ उनको भनाइ छ ।
राजीनामा दिन विलम्ब गरेर आफू अझ विवादास्पद बन्नुभन्दा तत्काल राजीनामा दिएर नैतिक मूल्य कायम गर्नु प्रधानन्यायाधीश जबरालाई कोइरालाको आग्रह छ । तर, जबराले भने आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए ।

बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता, संसद्‍बाट बिदा हुन तयार छु

मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर जबराले आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै हट्ने अडान राखे । कसैले नारा लगाएका भरमा आफूले राजीनामा नदिने उनको अडान छ ।
यता प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस बहिस्कार गर्ने नीति लिएको अवस्था छ ।
कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा राजीनामा नदिए देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । सत्तारुढ गठबन्धनले महाभियोग नलगाउने संकेत पाएपछि नै त्यसैको आडमा प्रधानन्यायाधीश जबराले व्यवसायीहरूको चेतावनीलाई चुनौती दिएको देखिन्छ ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑