• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

श्रीमान उपसचिव,श्रीमती मन्त्री

खप्तड मालिका न्युज October 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाण्डाैँ :  चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री देउवाले आफ्नो क्याविनेट बिस्तार गर्दै आज झाक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीको कोखबाट जन्मिएको झाक्री ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष चुनिएकी थिइन । उनी कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी थिइन । केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य चयन भएकी झाक्रीले १८ बर्षपछि ०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर रेकर्ड ब्रेक गरिन ।अखिलको पहिलो महिला अध्यक्ष चुनिएर ।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री। पुलीसको निर्मम लठ्ठी झाक्रीको टाउकोमा बज्रियो । टाउको फुट्यो। रगतको धारो बगाइन्,झाक्रीले राजतन्त्र फाल्नकै निम्ति । र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

नेतृ भाक्रीले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन ।

गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई पक्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो ।
यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उप सचिवको रुपमा कार्यरत छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑