मानदेव रोकाया÷ बाजुरा– जिल्लाको बुढिगङ्गा नगरपालिका वार्ड न.८ मा घर परिवार सहित एमाले प्रवेश गरे भनी गरिएको प्रचार प्रती आपत्ति जनाएका छन् । बुढीगङ्गा नगरपालिका वाडा न. ८ निवासी राकेश रावलको परिवार एमालमो प्रबेश गरकोे भनी सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । रावलको परीवारले काँग्रेस नछोडेको तर त्यो समाचार झुठो रहेको रावलले बिज्ञप्ती मार्त पुष्टि गरेका छन् । काँग्रेस नेता राकेश रावलका अनुसार आफुलाई मासु चिउरा खान बोलाएको र सामुहिक तस्बिर खिचेको तर पछि एमाले प्रबेश गरेको भनी प्रचार गरेको भन्दै बिज्ञप्ति मार्फत आफू र आफ्नो परिवारको बेईजत नगर्न आग्रह पनी गरेका छन् । यस्ता अराजनीतिक कार्य गरेमा चुप लागेर नबस्ने उनले प्रष्ट पार्दै आफू बिगतदेखि अहिलेसम्म र सदैब कांग्रेस नै रहँदै आएको र रहने जानकारी गराएका छन् ।
नेपाल बिद्यार्थी संघ बाजुराका पुर्व जिल्ला कार्य समिति सदस्य नर बहादुर रावलले आफ्नो परिवार माथी गरिएको राजनैतिक बेईमानिको हिसाब समयमै फर्काउने बताउदै आफु लगाएत आफ्नै परीवारले काँग्रेस छोडेर नेकपामा नलागेको समेत प्रष्ट पारेका छन् । रावलले यस्तो गलत प्रचारले राजनीति नगर्न समेत नेकपाका नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर