• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कंचनपुर

कञ्चनपुरमा यसरी भयो सशस्त्र प्रहरीमाथि आक्रमण

खप्तड मालिका न्युज September 21, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा सशस्त्र प्रहरी बल नेपालका जवान सुदिव सुनार ड्युटीमा तैनाथ थिए। सोमबार साँझको ८ बजिसकेको थियो।
पारी भारत बाट एक भारतीय नम्बर प्लेटको मोटरसाइकल नेपालतर्फ आइरहेको देखे सुनारले। मोटरसाइकलको पछाडि कट्टा बाधिएको थियो। जाँच गर्दा चिनी भेटियो र सुनारले नियन्त्रणमा लिए।
एक्लै देखेर केहीबेर अल्माएका ती भारतीय तस्करले आफ्नो समूह नै बोलाए। त्यसपछि जवान सुनारमाथि कुटपिट गर्न थाले। घटनापछि त्यहाँका स्थानियले सशस्त्र प्रहरीलाई साथ दिए।
तस्करबाट कुटिएका सशस्त्र प्रहरी जवान सुदिव सुनारले भने, ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यहीक्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए। हामीले उसलाई रोकेर सोधपुछपछि उसले ओसार पसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८ र ९ जनाको समूह नै आएर कुटपिट गरे।’
सशस्त्र प्रहरीमाथि कुटपिट भएपछि स्थानीय आक्रोसित भएका छन्। ‘बर्दीमै रहेका आफ्ना जवानलाई भारतीय तस्करले कुटेर जान्छन, हाम्रो प्रशासन केही गर्दैन,’ स्थानिय बलबहादुर खड्काले भने, ‘जनताको जिउँधनको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।’
आठ जनाको समूहमा आएका तस्करले जवान सुनारलाई कुटपिट गरेपछि नियन्त्रणमा लिएको चिनी र मोटरसाइकल समेत लिएर गएका छन्।
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले घटनाको अनुसन्धान गर्ने बताए। ‘भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गर्ने आश्वासन दिएको छ,’ उनले भने। थप छलफलका लागी टोली खटाउन लागेको जानकारी दिए। याे समाचार अाजकाे दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑