
काठमाण्डौ– युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ।
कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ।
मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ। डब्ल्यूएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्सेनि युरोपमा मात्र भेटिने गरेका छन्। सुझाव कार्यान्वयन भएमा दश हजार सात सय क्यान्सरबाट हुने थप मृत्यु घटाउन सकिने प्रक्षेपण गरिएको छ।
युरोपका २७ देशमा मादक पदार्थको कर न्यून रहेको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर