• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ स् प्रदीप पौडेल

खप्तड मालिका न्युज September 17, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।
बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
‘प्रदेश दुईका सबै जिल्लाको विवाद हामीले टुंग्याएका छौं, बाँके–१, डोल्पा र रसुवाको सदस्यता विवाद पनि टुंग्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘शनिबारसम्म बाँकी सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसक्छ ।’

प्रदेश दुईका धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिराहा र पर्सा गरी आठ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले धनुषा(४, सर्लाही–२, बारा र सप्तरीको सदस्यता विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो । त्यस्तै रसुवा, बाँके, कैलाली, सुर्खेत र डोल्पामा समायोजनलाई लिएर विवाद थियो ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेका छन् । तीन नेताले गरेको सहमति कार्यान्वयनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । नेताहरु शुक्रबार पनि छलफलमै छन् ।

बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । योसँगै कांग्रेसमा ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको हो ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन प्रक्रिया सुरु भइसकेको छ । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको भने बाँकी जिल्लाको वडा अधिवेशन ५ असोजकमा हुनेछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९(१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑