धनगढीः कक्षा १२ को उत्तरपुस्तिका भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा भिडियो भाइरल भएको छ। भिडियोमा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ। विद्यार्थीलाई परीक्षामा मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। ‘अब कहाँ र कसले यो भिडियो खिच्यो त्यो हामी छानबिन गर्छौं,’ उनले भने।
बोर्डले यस वर्ष प्रश्नपत्र इमेल मार्फत विद्यालयहरुमा पठाइरहेको छ। बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ। कोरोना संक्रमणको जोखिमका कारण दुई पटक स्थगित कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको हो। चार हजार ३१५ परीक्षा केन्द्रमा पौने चार लाख परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर