बाजुरा:- नेपाली काँग्रेसकाे जिल्ला अधिबेशन तथा केन्द्रीय महाधिवेशन नजिकिँदै गएकाे छ । देशभरका २० जिल्ला बाहेक सबै जिल्लामा वडा अधिबेशन सम्पन्न भईसकेकाे छ । प्राय जिल्लाका वडाहरुमा सहमतिका अाधारमा वडा अधिबेशन सकिएका छन् । देशभरका २० जिल्लामध्य बाजुरामा समेत अहिलेसम्म बिबादका कारण काँग्रेसका क्रियाशील सदस्य अाउन बाँकी रहेको छ । बिबादका कारण नभई केही जाेड घटाउ नमिल्दा क्रियाशील सदस्यता नअाएका पार्टी सभापति कविराज पण्डित बताउछन् । केन्द्रमा सबै कुरा मिलिसकेकाे र अबको एकदुई दिनमा काँग्रेस क्रियाशील सदस्ता जिल्लामा अाईपुग्ने सभापति पण्डितले बताउनुभयो । काँग्रेस बाजुरा अब ढुक्क भएर पार्टीको महाधिवेशनमा लाग्ने पण्डितले बताए । जिल्लाकाे अासन्न साताै महाधिवेशनमा सहमतिमा अाफ्नाे जिल्ला सभापतिकाे उम्मेदवार रहने बताउनुभयाे । जिल्लाका अधिकांश नेता कार्यकर्ताले दाेहाेरिन भनेपछि सहमति हुन्छ भने अाफु दाेस्राे कार्यकाल पनि सभापतिमा बसेर काम गर्ने ईच्छा रहेकाे बताए । शनिबार जिल्ला स्थित पत्रकारहरु संग कुरा गर्दै बर्तमान सभापति कविराज पण्डितले सहमतिमा अाफु पुनः जिल्ला पार्टी सभापिमा उम्मेदवार रहने बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर