• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महिलाबाट पहिलो पटक जिल्ला सभापतिको उम्मेदवार बन्दै– राधिका सिंह

खप्तड मालिका न्युज September 7, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

राजेन्द्र बहादुर रोकाया⁄ बाजुरा– नेपाली काँग्रेसको १४ औं महाधिबेशन तथा जिल्लाको सातौ अधिबेशन पर्बका रुपमा काँग्रेसजनको घर दैलोमा पुगेको छ । पर्बका रुपमा लिईएको काँग्रैसको अधिबेशन सफल पार्न स्थानिय तहदेखि जिल्ला प्रदेश हुदै केन्द्रमा समेत काँग्रेस महाधिबेशनको निकै चहलपहल बढेको दखिन्छ । काँग्रेसका नेताहरु यतिखेर आफु कुन पदमा उम्मेदवारी दिने भन्ने कुरामा कतिपय नेताहरुले प्रष्ट भईसकेका छन् । आफ्नो उम्मेदवारी पनि घोषणा गरी रहेका छन् ।
नेपाली काँग्रेस बाजुराको पनी सातौ जिल्ला अधिबेशनको रौनक निकै छ । यतिखेर जिल्लामा टोल तथा वडाका अधिबेशनहरुमा काँग्रेस नेताहरु ब्यस्त रहेको देखिन्छ । अन्य जिल्लामा पुरुषले मात्रै जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरीरहेको समयमा बाजुरा जिल्लाको पार्टी सभापतिमा भने महिला नेतृ राधिका शाही सिंहले आफ्नो उम्मेदवारी घोषणा गरेकि छन् । नेतृ सिंहले काँग्रेस बाजुराको संगठनलाई गलत कामको सुधार गर्दै पार्टी थप मजबुत बनाउने हेतुले आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी रहेको बताउनुभयो । आफु पार्टीको जिल्ला सभापतिमा जस्तोसुकै परिस्थति आएपनि मैदानमा जान तयार रहेको बताईन् ।
नेतृ सिंहको राजनितिक पृष्ठभुमि के हो ?
No description available.
नेपाली काँग्रेस बाजुराकि महिला नेतृ राधिका शाही सिंहको जन्म २०४२ साल जेष्ठ महिनाको ७ गगे साविको कोटिला गा.वि. समा बुबा दमन बहादुर शाही र आमा पार्वती शाहीको कोखबाट भएको थियो । सानैदेखि बोल्नमा रुचि राख्ने नेतृ सिंहको कक्षा पाँचबाट नै राजनितिक यात्रा सुरु भयो । द्धन्दकालमा निकै पिडा खेपेकि शाहिले अहिले राजनितिमा राम्रो छवि बनाउन सफल भएकि छन् । नेतृ सिंह जनप्रकाश माध्यामिक बिद्यालयमा पढ्दा द्धन्दकाल सुरु भएको थियो । द्धन्दकाल सुरु भएकाले आफु काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको राजनिति गर्ने भएकै कार बेला बेला आफुलाई पार्टी छोडन् दवाव आउथ्यो । सिंहले गोलि खान तयार छु तर पार्टी छोड्न तयार हुदैंन भनेपछि पटक–पटक अपहरण गर्ने हल्लाले निकै तनाव सिर्जना हुन्थ्यो । त्यहि अपहरण गर्ने हल्लाले महिनौं दिन घर छोडेर बाहिर बस्नुप¥यो । घर बाहिर बस्ता पनि कतिखेर अपहरणमा परीन्छ र कतिखेर मरिन्छ भन्ने चिन्ता उत्तिकै थियो । कयौ दिन खाना नखाई कयौं रात नसुति महिनौं बिताए । कति रात त मकै बारी र कोदो बारीमै बसेर काटेको दिन अहिले सम्म स्मरण गर्न सकिन्छ । आफ्नो ज्यानको बाजि राखेर यसरी संगठनको लागी दिन रात नभनेर लागेकि महिला नेतृ सिंहका बुबा पनि निकै चिन्तीत भएका थियो । छोरीले कहिले ज्यान गुमाएको सुनिन्छ भन्दै मन परिोल्दै बस्थ्य । त्यतिबेलाको समयमा फोन सम्पर्क समेत नहुदा घरमा झन चिन्ता हुने गरेको थियो । कहिले कहिले कहि त बुबाले घरमै लुकाएर राख्नुहुन्थ्यो । पछि आफुलाई डर लाग्न छोड्दै गयो मरे मरिन्छ भन्दै बाहिर खुल्ला रुपमा पनि हिडियो ।
माओवादीले अपहरण गर्ने भन्दा बुबालाई निकै पीडा हुन्थ्यो । बुबाले गरमा बस्न हुँदै हुदैन धनगढी जानुपर्छ भनेर गाँउबाट आउदा मार्तडी सदरमुकाम भन्दै निकै डर लाग्थ्थो । सदरमुकाम मार्तडी पुग्न नपाउदै मार्तडीको खडुका स्थानमा १ जना सिआडी ले नेतृ सिंहको पिछा ग¥यो । म माओबादी हु नजानु होस् बजार भन्दै त्यो मान्छे कराई रहेको थियो । यतिसम्म नेतृ सिंह केहि बोलिनन् । बुबा संग रातारात गाउँ बाट भागेर आउदा समेत बाटोमो अपरिचित ब्यक्तिले तपाईं माओवादी भए हामी लाई सयोग गर्नु होस् हामी जुम्ला चौकी हानेर आयौं भन्दा आफुलाई पनी त्यो कुराको स्मरण भयो र केहि समय अघि चौकिमा तोडफोड पनी भएको थियो । त्यसपछी बाउली खोला नपुग्दै आँखा मा पट्टी बाधेर जिल्ला प्रहरी कार्यालय बाजुरा भित्र लिएर बयान पनि लियो महिला पुलिसले निकै धम्कि दिएको थियो । सिंहका बुबा लाई अर्कै ठाउँ लियो सिंहलाई अर्कै ठाँउमा बयान लिएको थियो । त्यो दिन धेरै पक्राउ परेका थिए । उनिहरुलाई पिटिरहेका थिए पिटेको आबाज र करायको आबाज निकै ठुलो स्वरमा सुनिन्थ्यो । तर धम्कि त अन्तिम सम्म दिए सिंहका बुबालाई खै के ग¥यो सिंहलाई चाहिँ केहि नगरी ६÷७ घन्टा पछी छोड्यो । निकै दुख दाही जिन्दगी जिउनु परेको थियो । नेपाल बिद्यार्थी संघ बाजुराको उपाध्यक्ष भएकै कारण उनी हरु लाई निकै आफती थियो सतायो पनि ।
किन सभापतिमा उम्मेदवार बन्दैै छन् ?
No description available.
यो पुरुष प्रधान देश भएकोले कति पए काम कुरा कट पुतली जस्तै बनाउन्छन् र महिलाले नेतृत्व लिनु हुदैन भन्ने सोचाई छ ।
तर नेतृ सिंहलाई यस्ले कुनै असर नपर्ने पनी बताईन् । सिंह नितान्त आफ्नो बुद्धि र बिबेक प्रयोग गरेर राजनिती मा आएकी महिला नेतृ भएकोले आफ्नै बिबेक प्रयोग गरेर उम्मेदवारी दिने बताउनुभयो । आफुलाई सबैले सहयोग गर्ने पनी अनुरोध गर्नुभएको छ । र सिंहले आफ्नो मत मात्रै सिमित भए पनि एक पटक जिल्ला सभापतिको दाबेदारमा जोसुकै मैदानमा आउनुहुन्छ भिड्न तयार भएर जिल्ला सभापतिमा उम्मेदवारीको घोषणा गरेका बताईन् ।
राजनीतिक यात्रा कहाँदेखि कहाँसम्म ?
No description available.
नेतृ सिंहको जनप्रकाश माध्यामिक बिद्यालयको कक्षा पाँचबाट नै राजनितिक यात्रा सुरु भएको होे । जिल्लमा काँग्रेसका धेरै भातृ संगठनहरुमा रहेर काम गरीसकेको अनुभब पनी छ । नेतृ सिंह नेपाल बिद्यार्थी संघ बाजुराको उपाध्यक्ष, नेपाल महिला संघको केन्द्रिय प्रतिनिधि, नेपाली काँग्रैस बाजुराबाट महाधिबेशन प्रतिनिधि हुदै अहिले नेपालि काँग्रेसको महिला बिभागको केन्द्रिय सदस्य हुनुहुन्छ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑