बाजुरा : नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन र सातौं जिल्ला अधिवेशनसंगै प्रदेश निर्वाचन (ख) को तयारी पनि थालिएको छ ।
आइतबार बसेको प्रदेश (ख) कार्य समितिको बैठकले प्रथम अधिवेशनको तयारी विभिन्न उप समिति बनाएको पाटी सचिव रनसिंह अयडीले बताएका छन् ।
पार्टीेको प्रदेश निर्वाचनका लागि प्रचार प्रसार उप–समिति,आवास व्यवस्थापन उप समिति,आर्थिक व्यवस्थापन उप समिति,स्वयम सेवक परिचालन उप–समिति र मञ्च व्यवस्थापन उप समिति गठन गरेको सचिव अयडीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार प्रचार प्रसार उप समितिको संयोजकमा कृष्णराज गिरी,सह–संयोजकमा नेपाल प्रेस युनियनका उपाध्यक्ष मानबहादुर ऐडी लगायत रहेका छन् ।
यस्तै आवास व्यवस्थापन समितिको संयोजकमा गुरुदेव(सुमन) केसी,सदस्यमा सन्तोष नाथ,राजबहादुर धामी र रामबहादुर कार्की रहेका छन् । आर्थिक व्यवस्थापन उप समितिमा संयोजक प्रकाश रावल,सदस्यमा ललित थापा,हर्क रावत र भीम थापा रहेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख)को बैठकले स्वयम सेवक परिचालन उप समितिमा तरुण दल जिल्ला अध्यक्ष कुम्भनाथ योगीलाई संयोजकको जिम्मेवारी दिएको हो । बैठकले मञ्च व्यवस्थापन महिला संघलाई दिएको नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र(ख)ले जनाएको छ ।
पार्टी सचिव तथा प्रदेश निर्वाचन क्षेत्र(ख) सचिव रनसिंह अयडीको अध्यक्षतामा बसेको बैठकमा तत्कालिन संविधान सभा सदस्यद्धय देवराज जोशी,महा नेपाली,महासमिति सदस्य पदमबहादुर शाही,जुना दानी,पाटी सल्लाहकार समिति संयोजक रनसिं अयडी,पाटी प्रवक्ता नरबहादृुर शाही,प्रचार प्रसार समिति संयोजक तिलकराज पुरी लगायत नेता तथा कार्यकर्ताहरु सहभागी थिए । बैठकको संचालन पार्टी संगठन विभाग प्रमुख धनराज पण्डितले गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर