बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकमा बिपत जोखीम न्युनिकरण जलबायु परिर्वतन अनुकुलन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कारितास अस्ट्रिया कारितास नेपालको आर्थिक सहयोग सामुदायिक बिकास मञ्च नेपाल द्वारा संचालित सामुदायिक उथ्थानशिलता शुदृढीकरण परियोजना बुढीगंगा नगरपालिका अन्तरगत २ दिने तालिम फालासैनमा सम्मन्न गरिएको कार्यक्रमका सहभागी मान बहादुर बोहराले बताएका छन।
बुढिगंगा नगरपालिकाका १० वडाका ३० जना सहभागीहरुलाई बिपत जोखीम न्युनिकरण तथा जलबायु परिर्वतन अनुकुलन सम्बन्धी जनचेतना जोगाउने उदेस्यले सो तालिमको आयोजना गरिएको कार्यक्रम अधिकृत जानकी चन्दले जानकारी दिएकी छन । प्रयाग राज कापडीले सहजीकरण गरेको सो तालिममा प्रत्यक वडाका ३ जनाको सहभागी रहेका थिए । उक्त तालिममा सहभागीहरुलाइ विपत जोखिम ,यसको न्युनिकरण र यसबाट बच्ने उपायका बारेमा र जलवायु अनुकलन सकटासन्नता एवम् क्षमता विश्लेषणका बारेमा जानकारी गराएको कार्यक्रमका परियोजना सयोजक विवेक गौतमले बताएका हुन ।
सहभागीहरुका अनुसार यस्तो अवस्थामा सकट तथा विपत जुनसुकै समयमा पनि आउन सक्ने भएकाले विपतको बारेमा र जलवायु परिवर्तनको बारेमा जानकारी लिइ राख्न जरुरी रहेको बताएका छन । आगामी दिनमा पनि यस्तो तालिम लामो समयका लागी पनि लिन पाइदिएको भए अझै प्रभावकारी हुने सहभागीहरुको भनाइ रहेको छ ।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर