काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजीनामा दिएको चर्चा मिडियामार्फत सार्वजनिक भएको छ ।
एक अष्ट्रेलियन समाचार संस्था ‘न्युज नाइन’ले सूचना सार्वजनिक गरेको हो । ह्वाटमोर अहिले अमेरिका, नेपाल र ओमानसँगको सिरिजका ओमान छन् ।‘न्युज नाइन’ले आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दाबी गरेको छ ।
सो एजेन्सीले ह्वाटमोरको व्यवस्थापक कम्पनी फर्सट स्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै राजीनामा दिएको उल्लेख गरेको छ । नेपाल क्रिकेट संघ ९क्यान० र प्रशिक्षक ह्वाटमोरले भने यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
यद्यपि, एक नेपाली अनलाइनसँगको कुराकानीमा क्यानका सचिव अशोकनाथ प्याकुरेलले प्रतिक्रिया भने दिएका छन् । उनले पनि प्रशिक्षक ह्वाटमोरले राजीनामा दिएको कुरा पुष्टि नभएको बताए ।
उनले आफूले राजीनामाबारे हल्ला सुनेको तर पुष्टि नभएको जानकारी दिए । ह्वाटमोरले राजीनामाबारे औपचारिक रूपमा पत्र वा इमेल पठाएको आफूलाई जानकारी नभएको प्याकुरेलले बताए । ह्वाटमोर २०७७ पुसमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर